एकैदिन १७३६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।

हाल ९२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाले जानकारी दिएको छ।

हालसम्म दुई लाख ७५ हजार ८०६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर २५१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८ हजार ६५९ सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय ११ जना सङ्क्रमितको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार १०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



भारतीय वैज्ञानिकको दाबी : कोरोना भाइरस जाडोभन्दा गर्मी मौसममा तीव्र गतिमा फैलिन्छ

प्रकाशित मिति: : 2021-04-20 17:43:00

प्रतिकृया दिनुहोस्