भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
मुक्ति गौतम
मणिपुरमा मातृभाषा र राष्ट्रभाषा बाहेक त्यहाँको प्रान्तीय भाषा मणिपुरी अनिवार्य रुपमा पढनु र जान्नुपर्छ।
यसरी भारतका बेग्ला-बेग्लै प्रान्तमा बस्ने नेपालीहरूले आ-आफ्ना प्रान्तीय भाषा बोल्ने र पढ्ने गर्दछन। यसले गर्दा नेपाली भाषा एउटै भए पनि प्रान्तीय भाषाको प्रभावले बोली-चालीमा त्यहाँको प्रान्तीय भाषाका शब्दहरू हाम्रा भाषामा मिसीएका हुन्छन्।
यसले गर्दा एउटा प्रान्तको नेपाली भाषी अर्को प्रान्तका नेपाली गाउँमा जाँदा भाषाको समस्या हुने गर्दछ। एउटा उदाहरण ः
एकदिन आसाम बस्ने हाम्रा आफन्त कहाँ म मणिपुर बस्ने पाहुना गएको थिएँ। दुईदिन पछि कुरा हो। म सिकुवामा बसीरहेको थिएँ। त्यो घरकी हजुरआमाले एक्कासी मलाई सोध्नुभयो- 'नानी त्यो पल्लो कोठाबाट 'ढाडी' ल्याइदिनुहोस् न।'
म अन्कनाएँ।
अर्कोपटक थप्नु भयो- 'नानी 'गम' पाउनु भएन ?'
म झन् अकमक्क परेँ।
तेस्रोपटक फेरि भन्नुभयो- 'भयो 'बाद' दिनुहोस।'
एकछिन हाँसो भयो। ढाडी-मान्द्रो, गम-थाहा र बाद-छोडीदिनु भन्ने अर्थ बुझेपछि मलाई पनि ढुक्क भयो।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया