मराठी चलचित्र निर्देशक सुमित्रा भावको निधन

मराठी चलचित्र क्षेत्रकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ।

७८ वर्षिया सुमित्राको पुर्णेमा निधन भएको हो। सुमित्रालाई इन्फेक्सनलगायत थुप्रै समस्या रहेको थियो। जसका कारण उनलाई दुई साता अगाडिदेखि अस्पतालमा भर्ना गरिएको थियो।

सुमित्रा एक राम्रो निर्देशक, लेखक र गीतकार पनि थिइन्। उनले करिव ५० शर्ट फिल्म तथा केही मराठी सिरियल्स निर्देशन गरेकी छन्। 

प्रकाशित मिति: : 2021-04-21 06:03:00

प्रतिकृया दिनुहोस्