'राधे-योर मोस्ट वान्टेड भाई' रिलिज हुदैँ

Indian Express
Indian Express

भारतमा कोरोनाका कारण कयौं राज्यमा सिनेमा घरहरु आंशिक रुपमा बन्द छन्। 

यसका बावजूद पनि सलमान  खानले बुधवार आफू अभिनीत नयाँ फिल्म 'राधे-योर मोस्ट वान्टेड भाई' निर्धारित मितिमै प्रदर्शन गर्ने घोषणा गरेका छन्। 

१३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा फिल्म एकसाथ रिलिज हुनेछ। जी स्‍टूडियोजका सीबीओ शारिक पटेलले भनेका छन्, ‘हामीले ओटीटी प्लेटफर्म जीप्‍लेक्‍समा पनि फिल्म रिलिज गर्दैछौं। ४० ओभरसिज मार्केटमा जहाँ–जहाँ हलहरु खुलेका छन्, त्यहाँ पनि फिल्म रिलिज गर्नेछौं। यदी हामीले यो फिल्म सिनेमा हलमा रिलिज गरेनौं भने सलमानका फ्यानमाथि ठूलो धोका हुनेछ।’ 

कोरियोग्राफर प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ।

जी स्टूडियोजले यो फिल्मको सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा किनिसकेको छ।
 

प्रकाशित मिति: : 2021-04-22 12:56:00

प्रतिकृया दिनुहोस्