एकैदिन २६१९ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय २५ जनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

हालसम्म दुई लाख ७७ हजार १२३ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३६८ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन्।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जना मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १३६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-24 16:53:00

प्रतिकृया दिनुहोस्