सहारा मरुभूमि वरिपरिका ६ देशमा मानवीय संकट

File: Zohra Bensemra/Reuters
File: Zohra Bensemra/Reuters

संयुक्त राष्ट्रसंघले सहारा मरुभूमि वरिपरिका ६ देशमा मानवीय संकट आइपरेको जनाएको छ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर)का अनुसार बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा मानवीय संकट आइपरेको हाे। 

ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाको राष्ट्रसंघको भनाइ छ।

 ‘ती क्षेत्रमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको छ। आम नागरिकमाथि आक्रमण, चन्दा आतंक र धम्कीले गर्दा मानविय संकट आइपरेकाे छ,’ युएनएचसिआरका साहेल संयोजक एवम् पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले भने।

बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ। ती देशहरुमा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या छ। हिंसाका कारण सो क्षेत्रबाट ५३ लाख मानिस विस्थापित भइसकेका छन्।

अलजजिराको सहयोगमा 

प्रकाशित मिति: : 2021-04-28 09:30:00

प्रतिकृया दिनुहोस्