सप्तरीका युवकको कोरोना सङ्क्रमणले मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए।

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताए।रासस

प्रकाशित मिति: : 2021-04-29 14:14:00

प्रतिकृया दिनुहोस्