सेती प्रादेशिक अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्युु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो।

निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयूमा उपचार भइरहेको थियो।

श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उहाँलाई निमोनियासमेत भएको थियो। लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए। उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ।रासस

प्रकाशित मिति: : 2021-04-29 15:46:00

प्रतिकृया दिनुहोस्