स्थिति म्यान्मारको...

भास्वर

म्यान्मार

घरमा आगो लागेको छ
गुहारको चित्कार उरालेका छौं
छिमेकी मस्त निदाएका छन्
शायद् निदाएको स्वाँङमा छन्

फायर ब्रिगेडको 
फोन नै उठ्दैन
बल्ल–तल्ल फोन उठ्छ
आस्वासन् मिल्छ
नआत्तिनुस्
दमकल रित्तो छ
हामी पानी भर्दै छौं

परिवारको सक्दो प्रयास जारी छ
आगो झन्झन् उर्लिंदो छ

लाचारीमा के भनुँ खै !
कित परिवार खरानी
कित घरै खरानी



म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

सैन्य बर्बरता राेक्न 'आसियान सम्मेलन'ले जारी गर्‍याे ५ बुँदे सहमति 

'काठमाडौं' झैँ लाग्ने बर्माको 'मोगोक' उपत्यका [भिडियोसहित] 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

प्रकाशित मिति: : 2021-04-29 19:21:00

प्रतिकृया दिनुहोस्