भाग्यमानी सारा: जसको एउटा चलचित्र पनि फ्लप भएन (तस्वीरहरु)

Photo : Sara Instagram
Photo : Sara Instagram

सन् २०१८ मा रिलिज भएको चलचित्र 'केदारनाथ'बाट बलिउडमा प्रवेश गरेकी सारा अली खान पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन्।

'केदारनाथ'मा उनी दिवंगत अभिनेता सुशांत सिंह राजपूतसँग देखिएकी थिइन्। पहिलो चलत्रिबाटै उनले थुप्रै राष्ट्रिय अवार्डसमेत जितिन्। 

उनले अभिनेता रणवीर सिंहसँग चलचित्र 'सिम्बा'मा पनि काम गरिन्। यसले पनि उनलाई चर्चाको शिखरमा पुर्यायो। उनको पछिल्लो चलचित्र 'लव आजकाल'ले पनि बक्स अफिसमा सफल भयो। 

उनी छोटो समयमै राम्रो नाम र दाम कमाउने अभिनेत्री पनि हुन्।

१२ अगष्ट १९९५ मा मुम्बईमा जन्मिएकी सारा चर्चित बलिउड अभिनेता सैफ अली खान की छोरी हुन्। तर उनी आफ्नै अब्बल अभिनयको कारण चर्चामा छिन्।

त्यसो त, बलिउडकै चर्चित अभिनेत्री करिना कपूर साराकी दोस्रो आमा हुन्। साराकी आमा अमृता सिंहसँग सैफले सन् २००४ मा सम्बन्ध बिच्छेद गरेका थिए।

साराले आफ्नो पढाइ अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीबाट पुरा गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-04-29 21:23:00

प्रतिकृया दिनुहोस्