एकैदिन ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु 

देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ९२८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ रहेको छ।

अहिले देशभर ३८ हजार ८१३ सक्रिय सङ्क्रमित छन्। त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २७९  जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-30 16:31:00

प्रतिकृया दिनुहोस्