२९ वर्षमा लागिन् पुजा शर्मा

नायिका पूजा शर्माले आफ्नो २८औँ जन्मदिन मनाएकी छन्।

वैशाख १७ गतेदेखि उनी २९ वर्षमा लागेकी हुन्। उनको जन्म वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा भएको थियो।

कोरोना महामारीको कारण उनले जन्मदिन सामान्य तरिकाले घरमै केक काटेर मनाएकी छन्। अघिल्लो वर्षको जन्मदिनमा भने उनले भव्यताका साथ मनाएकी थिइन्।

पूजा म्यूजिक भिडियो, टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी हुन्।

प्रकाशित मिति: : 2021-05-01 06:08:00

प्रतिकृया दिनुहोस्