कोरोना मुक्त बने आमिर, शुटिङको लागि पुगे लद्दाख

केही साताअघि कोरोना संक्रमित बनेका बलिउड अभिनेता आमिर खान पूर्णरुपमा कोरोनामुक्त भएका छन्।

उनले काम गरिरहेको चलचित्र ‘लाल सिंह चड्ढा’को निर्माण समूहले आमिर कोरोनाबाट मुक्त भएर काममा फर्केको जानकारी दिएको छ।

आमिर यतिबेला चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका छन्। कोरोना महामरीले चलचित्रको छायांकनमा ठूलो असर पुर्याइरहेको थियो।

चलचित्रमा आमिरसँगै अभिनेत्री करिना कपूरको पनि मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2021-05-03 06:18:00

प्रतिकृया दिनुहोस्