बलिउडकी अभिनेत्री कंगना रनावत बेला-बेलामा विवादमा आइरहन्छिन्।
त्यसो त, सामाजिक सञ्जालमा उनको चर्चा हुनु कुनै नौलो कुरा भने होइन।
विवादास्पद ट्विटको कारण उनको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ। लगातार विवादास्पद ट्विट गरेपछि उनको अकाउन्ट सस्पेन्ड भएको हो।
अचम्म त के छ भने, उनको अकाउन्ट सस्पेन्ड भएको कुरा पनि अहिले भाइरल छ।
पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेपछि उनको अकाउन्ट सस्पेन्ड भएको बताइएको छ।