वातावरण सहज नभएसम्म फिल्म नबनाउने रेखाको दाबी 

Nagarik Network
Nagarik Network

अभिनेत्री रेखा थापाले वातावारण सहज नभएसम्म फिल्म नबनाउने बताएकी छन्। 

आइतबार नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को छलफल कार्यक्रममा बोल्दै नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएकाले सहज वातारण भएपछी मात्रै फिल्म बनाउने बताएकी हुन्। 

अहिले दर्शकको प्राथमिकता फिल्मभन्दा गाँसबास र स्वास्थ्य रहेको उनको भनाइ छ।

'नेपाली फिल्म हेर्ने भनेको सबै कामकाजी व्यक्तिहरु नै हुन्। आर्थिक अवस्था कमजोर हुने व्यक्तिहरुले कोरोना महामारीका कारण धेरै कुरा गुमाउनु परेको छ। त्यसैले जबसम्म दर्शकको प्राथमिकतामा मनोरञ्जन पर्दैन तबसम्म फिल्म बनाउँदिनँ। मैले तत्कालाई प्रोजेक्ट नै ड्रप गरेको छु।’ 

बैशाख ७ गतेबाट छायांकनमा निस्कने तयारीमा रहेकी उनी निषेधाज्ञाका कारण रोकिएकी हुन्। 

प्रकाशित मिति: : 2021-05-10 19:26:00

प्रतिकृया दिनुहोस्