सभामुखले जनता समाजवादी पार्टी फुटाउने कोशिश गर्नुभएको छः राजेन्द्र महतो

file photo
file photo

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सभामुख अग्निप्रसाद सापकोटाले.आफ्नो पार्टीलाई संसद्भित्रबाटै फुटाउन खोजेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको विशेष अधिवेशनमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विश्वासको मत’ माथि बोल्ने क्रममा राजपाका दुई जनालाई ‘संसदीय दलको नेता’ को हैसियतमा बोल्न दिएर पार्टी फुटाउने प्रयास गरेको आरोप लगाएका हुन्। 

सबै दलका संसदीय दलका नेताले मात्र बोल्ने भनी पूर्व सहमति भएकोमा सभामुख सापकोटाले राजपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर बोलिसकेपछि अर्को दलको संसदीय दलको नेताका रुपमा उपेन्द्र यादवलाई बोल्न दिएकोप्रति उनको आपत्ति थियो। 


मध्यरातमा महन्थको विज्ञप्ति: ओली नै ठीक छन्, वैकल्पिक सरकार गठनमा लाग्दैनौं

‘सभामुखजीले राजपालाई विल्कुलै विभाजन गर्न खोज्नुभएको छ। सभामुखसँग कुरा भएको थियो– प्रत्येक पार्टीबाट एक एक जना बोल्ने र मुख्य मान्छे बोल्ने भन्ने सहमति थियो’, महतोले बिएल नेपाली सेवासँगको कुराकानीमा भने, ‘हाम्रो पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेताको चुनाव नभएसम्मका लागि अहिलेवरिष्ठताका आधारमा महन्थ ठाकुरजीलाई नै हामीले नेता मान्दैआएका छौँ। वरिष्ठताको हिसाबले उहाँ एक नम्बर हो। उहाँले बोल्नुभो। अर्कोलाई बोल्नका लागि समय दिने कुरो थिएन। ठ्याक्कै अर्को पार्टी देखाउने प्रयास भयो।’

उनले सभामुख सापकोटासँगै कांग्रेस र माओवादीकेन्द्रको भूमिका जसपालाई विभाजन गराउनेमा केन्द्रित रहेको आरोप लगाए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डसँगै उपेन्द्र यादवले हस्ताक्षर गरी नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेको विज्ञप्तिप्रति पनि आपत्ति जनाए। 


ओलीलाई उपेन्द्रको प्रश्न- जुन संसदप्रति तपाईंको विश्वास छैन, हामीले कसरी विश्वासको मत दिने?

वरिष्ठ नेता महतोले भने, ‘हिजोको हस्ताक्षर र सभामुखको व्यवहारले के देखायो भने जसपालाई फुटाउनेमा सभामुखदेखि लिएर कांग्रेस र माओवादी सबै लागेका छन्। यसलाई सफल हुन दिँदैनौँ।’


महन्थ ठाकुरले भनेः 'प्रधानमन्त्रीले हाम्रा केही कुरा सुन्नुभयो'

प्रकाशित मिति: : 2021-05-11 13:53:00

प्रतिकृया दिनुहोस्