बलिउडमा हस्तक्षेप तरिकाले उपस्थित भएकी अभिनेत्री हुन्, यामी गौतम।
उनीसँग पंजाबी, तमिल, तेलुगु, मलयालम, कन्नड, उर्दु, हिन्दीलगायत दर्जनौ भाषाको राम्रो ज्ञान छ।
अभिनयमा प्रवेश गर्नुभन्दा पहिले यामी एक सफल मोडल थिइन्। सय भन्दा बढी विज्ञापनमा काम गरेको अनुभव छ, उनीसँग।यामीको जन्म हिमाञ्चल प्रदेशमा भएको थियो। त्यसो त उनको बुवा पनि पंजावी चलचित्र निर्देशक हुन्। यसले पनि यामीलाई करियर बनाउन केही सहज भएको अनुमान लगाउन सकिन्छ।
यामीले आफ्नो करियर बनाउन २० वर्षको उमेरमै मुम्बई पुगेकी थिइन्। 'चाँद के पार चलो' उनको पहिलो टेलिभिजन शो थियो। जसले उनको अभिनयमा निखारता ल्यायो। त्यती मात्र हैन, उनले 'राजकुमार आर्यन', 'ये प्यार ना होगा कम', 'मीठर छुरी नं १' लगायका दर्जनौ टेलिभिजन शो मा काम गरिसकेकी छन्।
त्यस्तै उनको डेब्यु चलचित्र 'उल्लासा उत्साह' थियो। जुन चलचित्रबाटै उनले दुई वटा राष्ट्रिय अवार्डसमेत जितेकी थिइन्।
'विकी डोनर' उनको पहिलो बलिउड चलचित्र थियो। त्यस यता उनका चलचित्रहरु 'हीरो', 'टोटल स्यापा', 'एक्शन ज्याक्शन' र 'बदलापुर'ले बक्स अफिसमा राम्रै नाम र दाम कमाएका थिए।