ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

राजधानी दैनिक

काठमाडाैं

ट्वीटरमा नारायण अमृतले लेखे। ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै। ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कृषिबाली उत्पादनका लागि पनि पशुपालन गरिन्छ। तस्विर : भविन कार्की।

संखुवासभा सहकर्मी भविन कार्कीलाई फोन गरेर भनेँ ‘नारायण अमृतले ट्वीट गरेपछि तपाईंको फोटो थप चर्चित भयो। एउटा गोठाले संस्मरण लेख्नु प-यो। ओरिजिनल फोटो पठाइदिनु ल।’ लगत्तै दुई थान तस्विर मेल गरिदिए भविनले।

हरियो डाँडाको फेरिमा बस्तु चरिरहेको फोटोमा घोत्लिएपछि त ठ्याक्कै ३० वर्ष अघिको सम्झना पो आयो। हाम्रो गाउँमा हुँदो हो त चरिरहेका मध्ये एउटा गोरुको नाम माले अर्कोको रत्ने हुन्थ्यो सातटारेवासीले के राखे थाहा भएन। फोटो हेरिरहँला सीताकुण्डको चौरमा प्वाँले र कलुवा गोरु चरेको याद आइरहयो।

०४४/०४५ सालतिर बैशाख लागेपछि गर्मी चढ्थ्यो। बिहान हुन्थ्यो। बिहान ६ बजे सुरु भएको स्कुल ११ बजे सकिन्थ्यो। स्कुल र घरको दुरी धेरै थिएन। स्कुल छुटेपछि ५ मिनेटमै पुगिन्थ्यो घर। भात खाने बित्तिकै हाम्रो डिप्टी सुरु हुन्थ्यो गोठालो। गाउँमा पसल त थियो, डटपेन कापी र चुरा पोते किन्नका लागि। मालागेडी र पीपलमेठ पाइन्थ्यो।

पशुपति ग्लुकोज र थिन आरारोट बिस्कुट जागिरेका सन्तानले कहिले काँही खान्थे। चामलको बोरा बिक्री हुने पसल थिएन। ढिके नुन किन्न पनि धादिङबेसी पुग्नु पथ्र्यो। तरकारी किन्न पाइन्छ भन्ने थाहै थिएन। फलफूल सिजनमा आफ्नो बारीमा जे फल्छ त्यसैमा सीमित थियो।

प्रकाशित मिति: : 2021-05-14 14:30:00

प्रतिकृया दिनुहोस्