तीन जिल्लाका सीडीओको अनुभव– स्वअनुशासनमा बसे निषेधाज्ञा लगाउनु पर्दैन

बाह्रखरी

काठमाडाैं

काठमाडौं। पछिल्लो समय देशभर कोरोना संक्रमण र मृत्युदर बढ्दो छ। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७७ मध्ये हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

तीन जिल्लामा भने निषेधाज्ञा लागु गरिएको छैन। ती जिल्लामा कोरोना संक्रमित भने नभएका होइनन्। तर, दर न्यून छ। मनाङ, खोटाङ र तेह्रथुममा निषेधाज्ञा लागु गरिएको छैन।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा हालसम्म ११७ जनामा संक्रमण देखिएको छ। एकजनाको वृद्धको संक्रमणकै कारण मृत्यु भएको छ। तर, निषेधाज्ञा जारी गर्नुपरेको छैन।

उनी भन्छन्, “सबैले स्वअनुशासन पालना गरिदिँदा निषेधाज्ञा लगाउनेतर्फ हामीले सोच्नुपरेको छैन। स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, व्यवसायी सबैको सकारात्मक सहयोग पाएका छौँ। त्यसैले हामीलाई निकै सहज भएको छ।”

खोटाङमा राजनीतिक दल, नागरिक समाजलगायतसँग प्रशासनले निरन्तर छलफल र सुझाव लिने गरेको छ। स्थानीय तहले अनुमगनलाई तीव्रता दिएका छन्। सासंददेखि जनप्रतिनिधिले आफ्नो तहबाट हुने सहयोग गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-05-16 12:17:00

प्रतिकृया दिनुहोस्