मदन भण्डारी र पार्टी विधि

जबज राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन पार्टीको समेत लोकतान्त्रीकरणको सिद्धान्त थियो।

गोरखापत्र

काठमाडौं

मदन भण्डारी नेपाली राजनीतिक इतिहासको एउटा चम्किलो तारा हो। उहाँ एउटा सिर्जनात्मक क्षमता भएको चिन्तक हो। उहाँका रचनाहरूको अध्ययन गर्दा उहाँले राजनीतिमा सक्रिय हुनथालेदेखि नै मौलिक खालका चिन्तन र विश्लेषण प्रस्तुत गर्नुभएको देखिन्छ। उदाहरणका लागि २०३३ मा जीवन शर्मा नामबाट ‘मुक्तिमोर्चा’ को तेस्रो शिविरमा प्रकाशित ‘सही नीति र पार्टीको निर्माण गरी क्रान्तिकारी कार्यदिशामा अघि बढौँ’ शीर्षकको लेखलाई लिन सकिन्छ।

पुष्पलाल समूहबाट अलग भएर कोअर्डिनेसन केन्द्रसँग एकता गर्दै गरेको समयमा लेखिएको त्यस लेखमा उहाँले झापा सङ्घर्षको क्रममा देखापरेका सैद्धान्तिक, राजनीतिक, शैलीगत, पद्धतिगत र सङ्गठन एवं सङ्घर्ष सञ्चालनसम्बन्धी माक्र्सवादसित मेल नखाने विचार र व्यवहारहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्नुका साथै कोअर्डिनेसन केन्द्रका सकारात्मक पक्षहरूको उच्च मूल्याङ्कन गर्दै क्रान्तिकारीहरू त्यसमा एकताबद्ध भएर अगाडि बढ्न सक्छन् भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ।

२०३७–४० कोे अवधिका तत्कालीन नेकपा (माले) मा क्रान्तिको कार्यक्रम, कार्यनीति, प्रधान अन्तर्विरोध, मूल नारा र सङ्घर्षको रूपजस्ता विषयमा गम्भीर बहस चलेको थियो। त्यसबेला उहाँले विभिन्न रचनामार्फत उपर्युक्त विषयमा पार्टीको विचार तथा दृष्टिकोण निर्माणमा दिशानिर्देश गर्नुभएको थियो। उदाहरणका लागि ‘कार्यक्रम सम्बन्धमा एक विचार’ र ‘ठोस कार्यक्रम सम्बन्धमा’ भन्ने रचनाले क्रान्तिको कार्यक्रमसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए।

‘मशाल समूहका कार्यनीतिक विचारहरू किन गलत छन् ?’, ‘जनपक्षको यथार्थ वास्तविकता र बिरुको नजर’ तथा ‘जनपक्षको व्यवहार र बिरुका आरोपहरूबारे’ शीर्षकका रचनाले कार्यनीतिसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए। ‘राजतन्त्र नै जनता र राष्ट्रको प्रमुख दुश्मन हो’ शीर्षकको रचनाले प्रहारको निसाना एवं प्रधान अन्तर्विरोधसम्बन्धी दृष्टिकोण स्पष्ट पारेको थियो। ‘जनवादी आन्दोलन र विद्यार्थीहरूको भूमिका’ र ‘राजनीतिक स्वतन्त्रता ः आजको सन्दर्भमा’ शीर्षकका रचनाले जनवाद र राजनीतिक स्वतन्त्रतासम्बन्धी दृष्टिकोण स्पष्ट पार्ने र सङ्घर्षको मूल नारासम्बन्धी दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए। ‘
गर्नुभएको थियो।

प्रकाशित मिति: : 2021-05-17 09:24:00

प्रतिकृया दिनुहोस्