सर्वोच्च अदालत परिसरमा ब्यापक प्रहरी परिचालन 

प्रहरीले सर्वोच्च अदालत परिसरमा सुरक्षा सर्तकता बढाएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसलगायत विपक्षी दलहरू सर्वोच्च अदालत जाने तयारी गरेका बेला प्रहरीले सर्वोच्चको सुरक्षा ब्यवस्था कडा बनाएको हो।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै पुनर्बहालीको मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालत जाने तयारी गरेको हो।

सामान्य दिनको भन्दा आइतबारको सुरक्षा ब्यवस्था चुस्त पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-23 12:29:00

प्रतिकृया दिनुहोस्