कर्णालीमा १० कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

कोरोनाबाट मृत्यु हुनेमा सुुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक/एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।

'कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ', निर्देशक खड्काले भने, 'आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुई/दुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ।' उनको अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन।

आज कर्णालीमा ५१० व्यक्तिले कोरोना निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामो सङ्क्रमण पुष्टि भएको बताईएको छ।

निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ।रासस

प्रकाशित मिति: : 2021-05-23 20:08:00

प्रतिकृया दिनुहोस्