कहाँ छन् शासक वर्ग ?

सीपी नेपाल

सन् २०१९ ताका चीनको वुहान राज्यबाट विश्व सयर गर्न हिँडेको एक जीवाणुले लाखौं मानिसलाई स्वर्गमा पुर्‍याइरहेको छ। यस प्रकारको जीवाणुको सयर विश्व इतिहासमा यसअघि कहिल्यै नभएको इतिहासकारको भनाइ छ। जीवाणुको सयर आफैंमा बडो रोमाञ्चित छ। यसले मैं हुँ भन्ने विकसित देशलाई पनि नग्न अवस्था पुर्‍याएको छ। आफ्नो धरातल मजबुत बनाउन अभिप्रेरित पनि गरिरहेको छ। जीवाणु कति शक्तिशाली छ भने निरन्तर झन्डै दुई वर्ष विश्वको यात्रा गर्दा पनि यसलाई थकानको रत्तिभर महसुस भएको छैन। यसलाई थकित पार्न सयौंको संख्यामा चक्की उत्पादक कारखानाहरू दिनरात नभनी डटेर लागिरहेका छन्। कतिले चक्की उत्पादन गरेर हाटसम्म पुर्‍याई मानव शरीरमा प्रयोग गरिरहेका छन् भने कतिपय कारखाना चक्कीको प्रयोग गर्ने कुरामा प्रतीक्षारत छन्। दौडधुप निकै चलिरहेको छ।

यावत कुरा वर्तमान अवस्थामा रहेको विश्वको जहाँ वादैवादको चाङमा केवल एक अपवाद आएर सारा वादलाई खलबलाइदिएको छ। विश्व केवल यस जीवाणुको सयर रोकी यसलाई स्वर्गको यात्रामा पठाउने कुरामा मात्र आत्मकेन्द्रित भएर लागेको देखिन्छ। अपवादबाहेक अधिकांश देशले आफ्नो भएभरको शक्ति यसै जैविक जीवाणुको सयर नियन्त्रणमा मात्र लगाएका छन्। जुन देशको शासक वर्गले आफ्नो ध्यान केवल जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेका छन् ती देशका शासक वर्गहरू यसको सयर नियन्त्रण गर्नमा सापेक्षित रूपमा सफल भइरहेका छन्। यसको ज्वलन्त उदाहरणको रूपमा जर्मनी, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, ताइवान, जापान, चीन, भियतनामलगायत देशहरूलाई लिन सक्छौं।

प्रकाशित मिति: : 2021-05-24 10:22:00

प्रतिकृया दिनुहोस्