थप ७४२५ जनामा कोरोना संक्रमण, १८५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ६ हजार ५३१ पुगेको छ।

आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ४४७ जना रहेको छ। 

प्रकाशित मिति: : 2021-05-24 16:22:00

प्रतिकृया दिनुहोस्