रुम्जाटारमा पिसिआर उपकरण राखिने

कोभिड–१९ को स्वाव परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटारमा पिसिआर उपकरण राखिने भएको छ।

यसका लागि आज अर्थ मन्त्रालयले रु २५ लाख निकासा गर्ने निर्णय गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका  प्रमुख सुमन तिवारीले उपकरण जडान पछि कोरोना परीक्षणमा थप सहजता आउने बताए। उनका अनुसार सङ्कलित स्वाव परीक्षणका लागि विराटनगर र काठमाडौंँ पठाइने गरेको छ।

प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डिङ सेन्टर राख्न रु ३० लाख पठाइसकेको छ। रासस

प्रकाशित मिति: : 2021-05-24 16:58:00

प्रतिकृया दिनुहोस्