उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, पहिलाका भन्दा झनै कडा पारिने 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइने भएको छ।

कारोना संक्रमणको दर नघटेपछि उपत्यकामा जारी निषेधाज्ञालाई थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

‘निषेधाज्ञा कतिदिन लम्ब्याउने भन्ने बारेमा भोलि दिउँसो भर्चुअल माध्यमबाट ललितपुर र भक्तपुरका सीडीओ साब सहितको बैठक बस्ने तयारी छ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो।

त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो।

अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो।

प्रकाशित मिति: : 2021-05-24 18:23:00

प्रतिकृया दिनुहोस्