गर्मी मौसममा यसरी राखौं अनुहारको ख्याल !

Garnier
Garnier

अधिकांश मानिसले आफ्नो सौन्दर्यको हेरचाह गर्ने गर्छन् l अझ भन्नु पर्दा आफ्नो सौन्दर्यको ख्याल पुरुषले भन्दा महिलाले बढी गर्ने गर्छन्।

त्यसैले गर्मी मौसममा भन्दा जाडो मौसममा आफ्नो सौन्दर्यको हेरचाह गर्ने गरेको पाइन्छ l तर खासमा जाडो मौसममा भन्दा गर्मी मौसममा  सौन्दर्यको धेरै ख्याल राख्नु पर्ने हुन्छ।

किनकी गर्मी मौसममा अनुहारको रोम छिद्र खुल्छ र फोहोर जाने सम्भावना बढी मात्रामा हुन्छ। त्यसैले गर्मी मौसममा बाहिर हिँड्दा अनिवार्य छाता लिएर हिड्ने गर्नु पर्दछ। त्यसैले जानौं, गर्मी मौसममा अनुहारको हेरचाह गर्ने तरिकाबारे। 

–घरमै पनि अनुहारलाई सफा राख्न सकिन्छ। जस्तै : काँक्रो, मेवाको लेप बनाएर प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा निकै उपयोगी हुन्छ।। 

–गर्मी मौसममा अनुहारमा फोहोर पस्ने भएका कारणले बेलाबेलामा क्लिन्जिङ गरिरहनुपर्छ। जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ। जसकारण अनुहारलाई चम्काउने गर्दछ।  

– आँखामा आएको कालो दाग हटाउन आलु वा काक्रोको चप बनाई सजिलै दाग हटाउन सकिन्छल यसले दाग हटाउन मदत गर्दछ। 

–गर्मी मौसममा  अनुहारमा ससाना दाग देखिएमा बेसार, कागतीको रस, र दुधको तर्र राखी प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ।

–अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल भई अनुहारमा चम्किलोपन ल्याउँछ। 

–अनुहार राम्रो राख्नका लागी अनुहारमा उपयुक्त हुने डे र नाइट क्रिम प्रयोग गर्नुपर्दछ। गर्मी मौसममा घामबाट बच्नका लागि सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हुँदैन। 
 

प्रकाशित मिति: : 2021-05-25 09:54:00

प्रतिकृया दिनुहोस्