७ हजार २२६ जना संक्रमणमुक्त, १०६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। त्यसैगरी गत २४ घन्टामा ६ हजार ९३९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्। योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १०६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। 

प्रकाशित मिति: : 2021-05-27 16:42:00

प्रतिकृया दिनुहोस्