खोलामा अवैध उत्खनन गर्ने जेसिबी प्रहरी नियन्त्रणमा

धनुषामा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको दुईवटा जेसिबी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित बडहरी खोलाबाट शुक्रबार बेलुका अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको दुइवटा जेसिबी नियन्त्रणमा लिएको हो।

नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा अस्थायी प्रहरी कार्यालय बटेश्वर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले ज १ क ५९० र एउटा नम्बर नभएको जेसिबी नियन्त्रणमा लिइएको छ।

खोलामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ भन्ने सूचनाका आधारमा टोली पुग्दा उत्खनन गरीरहेको पाइएपछि नियन्त्रणमा लिएको बटेश्वर प्रहरी चौकीका इन्चार्ज भैरव राउतले जानकारी दिए।

नियन्त्रण लिइएको जेसिबी आइतबार आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय धनुषामा पठाइने इन्चार्ज राउतले जानकारी दिए।

प्रकाशित मिति: : 2021-05-29 10:03:00

प्रतिकृया दिनुहोस्