थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४८७  जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी गत २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरका प्रयोगशालामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा हालसम्म मृतकको सङ्ख्या ७ हजार १६७ पुगेको छ।

प्रकाशित मिति: : 2021-05-29 19:30:00

प्रतिकृया दिनुहोस्