काँग्रेसले बजेटबारे धारणा सार्वजनिक गर्न बोलायाे पत्रकार सम्मेलन

सरकारले अध्यादेशमार्फत ल्याएको बजेट बारे नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै छ। 

सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन मार्फत जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८–७९ को बजेटबारे धारणा प्रस्तुत गर्न लागेको हो। 

सरकारले अध्यादेशबाट बजेट ल्याएर संविधान उल्लंघन गरेकाे कांग्रेसकाे ठहर छ। 

प्रकाशित मिति: : 2021-05-31 14:05:00

प्रतिकृया दिनुहोस्