बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

File Photo: RSS

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।

प्रकाशित मिति: : 2021-06-01 06:46:00

प्रतिकृया दिनुहोस्