थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ६ हजार ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ। आज ६ हजार ८९८ जना सङ्क्रमण मुक्त भएका छन्। यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-01 17:17:00

प्रतिकृया दिनुहोस्