निषेधाज्ञामा सरकारी गाडी लिएर आयोजना प्रमुख ‘डेटिङ’मा ! (भिडियोसहित)

कमल प्रभात

काठमाडौँ

कोरोना महामारी रोख्न उपत्यकाका तीनओटै जिल्लामा निषधाज्ञा जारी छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रहरीले थप कडाइ गरेको छ तर यस्तो अवस्थामा पनि एकजना सरकारी अधिकारी सरकारी नम्बर प्लेटको गाडीमै ‘आधुनिक लैला’ लिएर 'डेटिङ'मा गएको भिडियो सामाजिक सञ्जालमा ‘चर्चित’ छ।

काठमाडौंको स्वयम्भूनाथमा ‘प्रदेश नं. ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीमा आईतबार एक लभजोडी ‘डेटिङ’ गएको अवस्थामा भेटिए। 

उक्त जोडी त्यहाँ कुनै सरकारी कामले गएको थिएन। कार्यालय समयमा उक्त जोडीे यसरी रमाउन स्यम्भू पुगेको थियो। 

निषेधाज्ञामा सरकारी गाडी हुइँकाउँदै युवती लिएर घुम्न जाने ती कर्मचारी कुनै तल्लो दर्जाका कर्मचारी थिएनन्, उनी सरकारी आयोजनाका निर्देशक थिए। 

स्रोतका अनुसार, सरकारी सवारीमै स्वम्भूको डाँडामा ‘डेटिङ’ जाने अधिकारी थिए– सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ।
निषधाज्ञाको ‘रिर्पोटिङ’मा निस्केका सञ्चारकर्मी छायाँचन्द भण्डारीले सरकारी गाडी स्वयम्भुमा देखे। 

अनि खोजीनीति गर्दै गएपछि एक ती सरकारी अधिकारीले एक युवती लिएर आएको र गाडी पार्किङ गरी झाडी पसेको सूचना पाए।

त्यसपछि भण्डारीले उक्त जोडीलाई पछ्याए। 

फोटो भिडियो लिन थाले। 

पत्रकार भण्डारीले भिडियो लिएकोबेला त्यो जोडीलाई केही वास्ता भएन।

जोडी त्यो ठाउँबाट नउठेपछि भण्डारीले ‘के हो तपाईहरुको पारा ?’ भन्दै बोलाएपछि त्यहाँबाट त्यो जोडी हतार–हतार उठेर गाडीमा पुग्यो र अनुहार छोप्दै भाग्यो।

निषधाज्ञामा सरकारी सवारीसाधन पनि अत्यावश्यक सेवाका लागि मात्र प्रयोग गर्न स्थानीय प्रशासनले आदेश जारी गरेको छ, तर निर्देशक श्रेष्ठले भने निषेधाज्ञामा सरकारी सवारीसाधन, खुला सडक र सुनसान ठाउँको भरपुर ‘उपयोग’ गरेका छन्– कार्यालय समयमै ‘डेटिङ’ गएर।

सहरी विकास मन्त्रालयका सुचना अधिकारी सुरेश कुमार वाग्लेलाई यस विषय जिज्ञासा राख्दा आफूलाई जानकारी नभएको बताए। 

बिएल नेपाली सेवासँग सूचना अधिकारी वाग्लेले भने, ‘तपाईंले नाम लिएको आयोजना मन्त्रालयअन्तर्गत छ। आयोजनाका निर्देशक रोशन श्रेष्ठ हुनुहुन्छ। गाडीबारे भने मलाई जानकारी भएन।’ 
 

प्रकाशित मिति: : 2021-06-01 19:41:00

प्रतिकृया दिनुहोस्