खोप लगाएका दर्शकलाई रंगशाला प्रवेश गर्न दिने युएई फुटबल संघको निर्णय

Photo : wam.ae
Photo : wam.ae

युएई फुटबल संघ (युएईएफए)ले विश्व कप एशियाई क्वालिफायरमा ग्रूप-जी खेलमा दर्शकहरुलाई खेल हेर्न अनुमति दिने निर्णय गरेको छ।

खेल जाबील र अल मकतूम रंगशालामा जुन ३ देखि १५ सम्म आयोजना हुँदैछ। रंगशालाका तीस प्रतिशत सीट दर्शकले  पाउने छन्।

राष्ट्रिय आपतकालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरण र दुबईको सर्वोच्च समितिको संकट तथा विपद् व्यवस्थापनले दर्शकका लागि रंगशाला खुला गर्ने निर्णय गरेकाे युएई फुटबल संघले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत् जनाएको छ।

रंगशाला प्रवेश गर्ने दर्शकले अनिवार्य कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने युएईएफएले जनाएको छ। विश्व कप एशियाई क्वालिफायर खेल हेर्न इच्छाएका व्यक्तिहरुले ‘अल होस्न’ एप्लिकेशनमार्फत् अनलाइन टिकट काट्न सक्नेछन्।

साथै युएईएफएले महामारीबाट बच्न पूर्ण सावधानी अपनाउका लागि मास्क लगाउन र शारीरिक दूरी कायम गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-06-02 18:34:00

प्रतिकृया दिनुहोस्