आफू सुन्दर देखिन जाे काेही मानिसलाई पनि इच्छा हुन्छ।
अझै भन्ने हाे भने त चलचित्र क्षेत्रमा त झन् सुन्दरताले धेरै अर्थपूर्ण राख्छ। विभिन्न अभिनेत्रीहरुले आफू सुन्दर देखिन प्लास्टिक सर्जरीसमेत गरेकाे पाइन्छ।
बलिउडमा अनुहार प्लास्टिक सर्जरी गर्नेदेखि स्तन सर्जरी गर्ने अभिनेत्रीहरु धेरै छन्। पछिल्लाे समय बलिउडमा विभिन्न अभिनेत्रीहले स्तन सर्जरी गरेर चाहनाअनुसार ठूलो वा सानो बनाउने ट्रेण्ड नै चल्दै आएकाे छ।
यहाँ केही बलिउड अभिनेत्रीहरु उल्लेख गरिएकाे छ, जसले प्लास्टिक सर्जरी गरे:
१. शिल्पा शेट्टी
शिल्पाले आफ्नाे शरीरकाे निकै केयर गर्छिन्। उनी आफ्नाे शरीरलाई ब्यालेन्समा राख्न योगा र कसरत गरिरहन्छिन्। सामाजिक सञ्जालमा उनले कसरत गरेका तस्वीर र भिडियाेहरु पनि राख्दै आएकी छन्। उनले स्तन सर्जरी गरेकाे भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
२. बिपाशा बसु
बिपाशाले पनि आफ्नाे शारिरीक बनावटलाई ब्यालेन्समा राख्न विभिन्न याेगा र कसरत गर्दै आएकाे पाइन्छ। उनले सामाजिक सञ्जालमा कसरत गरेकाे भिडियाेहरु शेयर गर्दै आएकी छन्। उनले पनि स्तनको सर्जरी थिइन्।
३. कंगना रनावत
कंगनालाई नचिन्ने त सायदै हाेलान्। उनी एक सफल अभिनेत्री पनि हुन्। त्यसाे त उनी सामाजिक सञ्जालमा विवादमा आइरहन्छिन्। उनले पनि शरीर प्लास्टिक सर्जरी गरेकाे भारतीय सञ्चारमाध्यमहरुमा उल्ले छ।
४. सुस्मिता शेन
'मिस यूनिभर्स १९९४' उपाधि जितेकी सुस्मिताकाे क्रेज पनि राम्रै छ। उनले मोडलिंग करियरमा सुरु गर्दा स्तनको सर्जरी गरेकी थिइन्। सर्जरीपश्चात तस्वीरहरुमा उनी पहिलेभन्दा बढी कामुक देखिदै आएकी छन्।
५. आयशा टाकिया
आयशा बलिउडमा लामाे संघर्ष गरिन्। तर उनले अपेक्षा गरे अनुसार सफलता भने पाउन सकिनन्। उनले पनि आफूलाई कामुक देखाउन स्तन सर्जरी गरेकी थिइन्।