कोरोना महामारीमा स्थानीय सरकारलाई सघाउँदै ‘सँगसँगै’

लोकान्तर

कञ्चनपुर

गत वैशाख मध्यतिर देशभर कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा पुग्यो । गम्भीर लक्षण सहितका बिरामी ह्वात्तै बढेसँगै अक्सिजन, आईसीयू शय्या, भेन्टिलेटरको अभावले संकट निम्त्यायो ।

स्वास्थ्य सुविधा भएका शहरी क्षेत्रका बिरामीले धेरथोर भएपनि सुविधा पाए तर ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित र बिरामीले स्वास्थ्य सेवा पाउन सकेनन् । कञ्चनपुरको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा समेत कोरोना महामारीले समस्या निम्तियो । 

अस्पताल, स्वास्थ्य सेवा, सामाजिक संघसंस्था, सरकारी सक्रियता कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा केन्द्रीत भइरहेका बेला दक्षिणी क्षेत्रको बेलौरीमा ‘सँगसँगै’ अभियान जन्मियो ।

‘कोरोना उत्कर्षमा पुगेका बेला अस्पतालमा अक्सिजन अभाव, स्वास्थ्य सामग्री अभाव भन्ने कुरा मिडिया र सोसल मिडियामा देखिए । संघ, प्रदेश, स्थानीय सरकारले केही गरेन भन्ने गुनासो सुनियो । कञ्चनपुरका विभिन्न संघसंस्था, बुद्धिजीवी, अभियानकर्ता जिल्ला सदरमुकाममा मात्रै केन्द्रित भए,’ सँगसँगै अभियानकी संयोजक लक्ष्मी श्रेष्ठले भनिन्, ‘गाउँघरका स्थानीय युवा, संघसंस्थाले पनि खासै काम गरेको देखिएन, पालिकाले गरेको काम पर्याप्त भएन, त्यसपछि हामी युवाले मिलेर केही गर्नुपर्छ भनेर सँगसँगै अभियान थाल्यौं ।’

प्रकाशित मिति: : 2021-06-05 21:57:00

प्रतिकृया दिनुहोस्