कर्णालीमा काँग्रेसका दुई मन्त्रीले लिए सपथ 

नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले सपथ लिएका छन्।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ दिलाएका हुन्।

काँग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठ जलस्रोत तथा उर्जा विकास मन्त्रीमा नियुत्तः भएका छन्।

यस अघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमती भएको थियो।

प्रकाशित मिति: : 2021-06-06 15:27:00

प्रतिकृया दिनुहोस्