दिपक मनाङेको भाइ रेम्बोले ज्यान मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेँ'

Breaknlinks
Breaknlinks

एक साताअघि ललितपुरको कुमारीपाटीबाट ठूलो मात्रामा लागुऔषध (आईस) सहित पक्राउ परेका गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङेका भाई 'अजय' नामले चिनिने काेर्ताे गुरुङ ‘रेम्बाे’ले प्रेमिकासँग मिलेर लागुऔषध कारोबारको विरुद्धमा आवाज उठाउने एक युवतीलाई ज्यान मार्ने धम्की दिएको खुलासा भएकाे छ।

रेम्बो एक साताअघि लतिपुरको कुमारीपाटीबाट ठूलो मात्रामा एममेथावाईन (आईस) नामक लागुऔषधसहित जावलाखेल भलिबल क्लबका टिम म्यानेजर अनुप श्रेष्ठसँगै पक्राउ परेका थिए।

तीन महिना लामो असुसन्धानपछि ललितपुर प्रहरीले श्रेष्ठसँगै मन्त्री दिपक मनाङेका भाई रेम्बो र लजमुङकी अम्रिता खड्कालाई लागुऔषधसहित पक्राउ गरेको थियो।
रेम्बोले आफ्नो वास्तविक नाम काेर्ताे गुरुङ भए पनि सबैले अजय गुरुङ ‘रेम्बो’ भनेर चिन्ने गरेकाे बताएका छन्।

रेम्बोले ललितपुर प्रहरीलाई आफू प्रयोगकर्ता मात्र भएको बताए पनि उनी ठमेल क्षेत्रको एक बलियो ‘ड्रग्स डिलर’ भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लागुऔषध कारोबारलाई निरुत्साहित गर्न रेम्बोकी प्रेमिका अनुशा लामालाई सम्झाउन खोज्ने एक युवतीलाई रेम्बोको जोडीले करिब तीन महिनादेखि ज्यान मार्ने धम्की दिदै आएकाे भन्दै पीडित युवती प्रहरीमा पुगेकी थिइन्।



जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ (भिडियोसहित)



रेम्बोको जोडीले घरदेखि कार्यालयमै गएर ज्यान मार्ने धम्की दिन थालेपछि वैशाख १० गते ती युवतीले काठमाडौं प्रहरीमा उजुरी दिएकी थिइन्।

रेम्बोको जोडीले आफूलाई रात-दिन ज्यान मार्ने धम्की दिएपछि उनीहरुकै त्रासकाे कारण घर छाेडेर लुक्नु परेको पीडित युवतीको गुनासो छ।

त्यति मात्र नभएर रेम्बोले सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको ती युवतीको दाबी छ।  

रेम्बोले चलाउदै आएको अजय गुरुङ नामक फेसबूक अकाउन्टबाट ती युवतीको फोटोमा तथानाम लेखेर पोष्टनै गरेका थिए।

‘रेम्बोकी प्रेमिका अनुशा लामाले दु:ख नपाओस् भनेर मैले सम्झाएको हो’, बिएल नेपाली सेवाको सम्पर्कमा आएकी ती पीडित युवतीले भनिन्, ‘मैले सम्झाएको कुरा रेम्बोले थाहा पाएछ। अनि ममाथि खनिए। मेरो मनसाय उनीहरुलाई बिग्राने हैन, सुधार्ने थियो।’

ती पीडित युवतीले अनुशालाई रेम्बोको पछि लागेर रुन नपरोस् भनेर समेत सम्झाएकाे बताएकी छन्।

उनले भनिन्, ‘सम्झाउदा हस् भन्दै खुशी भएर गएकी थिइन्। साँझ अनुशाले रेम्बोसँग मिलेर तथानाम गर्न थालिन्। उनले दिएको मानसिक यातना सम्झदा अहिले पनि डर लाग्छ।’

(पीडित युवतीकाे नाम गाेप्य राखिएकाे छ।)


प्रकाशित मिति: : 2021-06-06 20:25:00

प्रतिकृया दिनुहोस्