'पहिलो डोज लगाएकालाई दोस्रो डोज सुनिश्चित हुनेगरी खोप दिनेछौँ'

गोरखापत्र

काठमाडौँ

नेपालमा कोभिड १९ (कोरोना भाईरस) संक्रमणका कारण यसको रोकथामका लागि निषेधाज्ञाको प्रयोग गरिराखिएको छ । कोरोना नियन्त्रणमा लिने एकमात्र उपाय अहिले निषेधाज्ञा नै बनेको छ । विश्व वजारमा कोभिड विरुद्धको खोपको उपलब्धतामा नै कमी हुनु र उपलब्ध भएका खोपहरुले पनि विश्व स्वास्थ्य संगठनकको अनुमति नपाएसम्म प्रयोगमा आउन नपाउने हुँदा खोपको प्रयोग गर्न केही समय लाग्ने गरेको छ । अहिले नेपालमा चीनबाट आयातित १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइने भएको छ । यसको कति प्रभावकारिता? र यो खोप कस्ता प्रकृतिका बिरामीले लगाउन नहुने ? भन्ने यसै विषयमा स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमसँग गोरखापत्र अनलाइनका लागि विष्णु पाण्डेयले गर्नुभएको कुराकानी –

जेष्ठ २५ गतेबाट सुरु हुने खोप अभियान तपार्इंहरुले कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
हामीलाई १० लाख भेरोसेल खोप प्राप्त भएको छ । हामीले ६० देखि ६४ उमेर समूहलाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसको संख्या भने साँढे आठ लाख रहेको छ । त्यो साँढे ८ लाख मध्ये सबैलाई दोस्रो मात्रा सुनिश्चित हुने गरी हामी ७७ वटै जिल्लामा खोप लगाउने प्रकृयालाई अगाडि बढाइरहेका छौँ । हाम्रो उद्देश्य ५५ देखि ६५ वर्ष उमेर समूहका सबै नागरिकलाई खोप दिने थियो तर दोस्रो खोप पनि सुरक्षित गर्नुपर्ने र यो उमेर समूहका नागरिकहरु धेरै भएका कारण अहिले ६० देखि ६४ उमेर समूहकालाई मात्र समेटेका छौँ । खोप उपलब्ध हुने वित्तिकै हामी उहाँहरुलाई पनि समेट्दै सबै नागरिकले खोप लगाउन पाउने वातावरण मिलाउँदै जानेछौँ । अग्रपंतिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले खोप लगाईसकेको हुँदा हामी विस्तारै प्राथमीकताका आधारमा खोप दिनेछौँ ।

त्यसो भए जेष्ठ नागरिकको लागि दास्रो खोप सुनिश्चित छ भनेर बुझ्दा हुन्छ ?
हुन्छ । जति जनाले २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा पहिलो डोज खोप लगाउनु हुन्छ उहाँहरुले चार हप्तामा अर्को डोज खोप पनि लगाउन अवश्य पाउनुहुनेछ ।

प्रकाशित मिति: : 2021-06-07 13:54:00

प्रतिकृया दिनुहोस्