'महादेव'ले पनि सुशान्तले झैं आत्महत्या गर्न लागेपछि हंगामा...

टेलिभिजन जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा ऊजुरी दर्ता गरेका छन्। मोहित हाल ‘देवों के देव महादेव’ टेली श्रृङ्खलामा व्यस्त छन्।

मोहितको विषयमा केही दिनअघि सोसल मिडियामा एउटा पोष्ट भाइरल भएको थियो। जहाँ भनिएको थियो कि, दिवंगत अभिनेता सुशान्त सिंह राजपूतलाई जस्तै मोहितलाई ज्यानको खतरा छ।

अभिनेत्री सारा शर्माले उनै मोहितको विषयमा एउटा पोस्ट सेयर गरेकी थिइन्, जसमा उनले आफूलाई मोहित रैनाकी शुभचिन्तक बताउँदै सोसल मिडियामा ‘मोहित बचाओ’ अभियानको सुरुवात गरेका पाइन्छ।

अभिनेत्री साराले आफ्नो पोस्टमा मोहित रैनाको स्थिति दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको जस्तै भइसकेको र उनले कुनै पनि बेला आफ्नो ज्यान लिनसक्ने दाबी गरेकी थिइन्। 

तर मोहितले भने उनको खण्डन गर्दै आफू सुरक्षित रहेको र अनावश्यक हल्ला फैलाएको भन्दै मुम्बईको बोरिवली अदालत पुगेका थिए।

अदालतको आदेशपछि उनले मुम्बई प्रहरीमा नायिकाविरुद्ध एफआइार दर्ता गराएका छन्। मोहितले सारा शर्मासहित आशिव शर्मा, परविन शर्मा र मिथिलेश तिवारीविरुद्ध मुम्बईको प्रहरी स्टेशनमा ऊजुरी दर्ता गरेका हुन्।

प्रकाशित मिति: : 2021-06-11 08:10:00

प्रतिकृया दिनुहोस्