महानगरमा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

कामपाले आज आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ। कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति पनि लिएको छ। 

‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन  नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाका अतिरिक्त प्रोत्साहनस्वरुप मासिक रु.हजार उपलब्ध गर्ने भएको छ। 

कामपा  क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा म्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ।'

सबै विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रमअनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइने तथा  नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत् कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। रासस 

प्रकाशित मिति: : 2021-06-17 18:22:00

प्रतिकृया दिनुहोस्