सुरुवातमै धेरै क्षति भयाे, अझै क्षति हुन्छ सक्छ सजग हाेऔं

गोरखापत्र

काठमाडौँ

आशा साह
असारको पहिलो साताबाट शुरु भएको मनसुन असोजको पहिलो सातासम्म मनसुन रहन्छ । असोजको पहिलो सातासम्म मनसुन रहिरहने हुँदा सजक र सतर्कता अपनाउन वरिष्ठ मौसम विद वरुण पौडेलले बताउनुभएको छ ।
‘हामी मनसुनका सुरुवाती चरणमै छौं । सुरुवाती अवस्थामै यति सक्रिय भएर क्षति भयो । आगामी दिनमा अझै क्षति हुन्छ सक्छ । त्यसैले अबका दिनमा अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने हुन्छ,’ वरिष्ठ मौसम विद पौडेलले भन्नुभयो ।
पहिडी र नदिको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । ‘पहाडी भूभाग र नदीको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले आफू बसेको स्थान सुरक्षित छ कि छैन, त्यो समयमै पहिचान गर्नुपर्छ । यदि सुरक्षित छैन भने जुन, जुलाइ, अगस्ट र सेप्टेम्ब अर्थात् असार, साउन, भदौ र असोजसम्म सुरक्षित ठाउँमा बस्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘सकिन्छ, भने सुरक्षित ठाउँमा चार महिनाको लागि विस्थापित हुनुपर्छ भने त्यस्तो ठाउँमा विस्थापित हुनुपर्यो । जुन सुकै बेला पनि भारी वर्षा हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सजक र सतर्क हुनु आवश्यक छ ।’
जुन १३ तारिकबाट मनसुन शुरु भइसकेको छ । यो एक हप्ता वा दुई हप्ताको लागि हैन यो चार महिनासम्म रहने उहाँले बताउनुभयो । खासमा जुन १३ तारिकबाट शुरु भएको मनसुन अक्टुबर २ तारिकसम्म सक्रिय अवस्थामै रहने उहाँको भनाइ छ ।
‘यो चार महिनाको अवधिमा कहिले भारी वर्षा, कहिले सुख्खा, कहिले खडेरि त कहिले अलिअलि वर्षा हुन्छ । अझ केहिले त दुई–तीन दिनसम्म झरी भइरहन्छ । यो चक्र यसरी नै चलिरहन्छ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति: : 2021-06-18 17:22:00

प्रतिकृया दिनुहोस्