Breaknlinks
Breaknlinks

कहिले राम बनें 
कहिले श्याम बनें
तिम्रो लागि आमा
म जहिले श्रवणकुमार बनें

कहिले कर्मले हारें 
कहिले धर्मले हारें  
तिम्रो लागि आमा
म जहिले आँसुले हारें 

कहिले भोकले थाकें
कहिले शोकले थाकें
तिम्रो लागि आमा
कहिले वियोगले थाकें

मिठो छ संसार
मिठो नै छ जीवन पनि
तर किन मेरो भाग्यमा 
तितो नै तितो पर्यो

हे सुर्य किरण
हे जुनको ज्योति
हे नग्न बादल आकाशका
साक्षी छौं तिमी जम्मै मेरा पिडाका 
भो, भो, भो
सक्दिन सहन अब म यहाँ
राम,श्याम र श्रवणकुमार बनेर बाँच्न

हे अग्नि देव
हे वायु देव
हे जल धारा 
हे धर्ती माता
हे आकाश देव 
बिलिन गरिदेउ
यो पापी शरीरलाई आज
यो चराचरबाट

प्रकाशित मिति: : 2021-06-19 13:46:00

प्रतिकृया दिनुहोस्