कोरोनाले पर्यटन क्षेत्र तहसनहस : ‘फाइभ स्टार’ होटलमा ढुसी र माकुराको जालो !

होटल व्यवसायी माधवकुमार खनाल गत वर्ष चैतमा बुटवलको कालिकानगरमा होटल डालिमा सञ्चालनमा ल्याउँदा निकै उत्साहित थिए ।

१० करोड लागतमा मध्यमस्तरको होटलमा लगानी गरेका खनालले १० दिन नबित्दै अनपेक्षित स्थितिको सामना गनुपर्‍यो ।

कोरोना महामारीको पहिलो लहर शुरू भइहाल्यो । होटलमा अहिलेसम्म ५०० पाहुना पनि राख्न पाएका छैनन् । ५ करोड भन्दा बढी ऋणको मासिक किस्ता र ब्याज गरी ८ लाख रुपैयाँ बैंकलाई बुझाउनुपर्छ । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका महासचिव समेत रहेका खनाल भन्छन्, ‘व्यवसायबाट पलायन हुने अवस्था आयो । आम्दानीको बाटो बन्द भयो । बैंकले ताकेता गरिराखेको छ । व्यवसायबाट उठिबास हुने अवस्था देखिएको छ ।’

पर्यटन क्षेत्र ‘लकडाउन’ खुल्नेबित्तिकै सञ्चालनमा आउँदैन । ६/८ महिना कुर्नुपर्छ । 

गत वर्ष पुसदेखि फागुनसम्म अलिअलि ग्राहक आउन थालेका थिए । चैत लागेपछि फेरि संक्रमण बढ्न थाल्यो । वैशाखबाट पूरै ठप्प भयो ।

‘कर्मचारीलाई तलब दिएरै राख्नुपर्छ, नत्र पछि खुलेपछि दक्ष कामदार नै पाइँदैन । १५ जना कामदारलाई अहिले तलब दिएरै राखेको छु,’ उनले भने ।

पाल्पाका जयराम सुवेदीले रूपन्देहीको तिलोत्तमामा वैशाख १२ गते होटल मदानीको उद्घाटन गरे, १६ गतेदेखि निषेधाज्ञाले सबै ठप्प भयो ।

प्रकाशित मिति: : 2021-06-23 19:24:00

प्रतिकृया दिनुहोस्