कर्मचारीहरुले योजनाको गुणस्तरमा ध्यान दिनुपर्छ : मन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दिनबन्दु श्रेष्ठले कर्मचारीलाई योजनाको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन्। 

मन्त्रालय अन्तर्गत रहेका जिल्ला कार्यालय प्रमुख, मन्त्रालय सचिव तथा योजना शाखा प्रमुख र कर्मचारीहरुसँग शुक्रबार भर्चुअल बैठकमार्फत छलफल गर्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन।

गत वर्षका आयोजनाको कार्यान्वयन अवस्था तथा अन्य विकास निर्माण सम्बन्धि जिल्लागत वस्तुस्थितीकाे जानकारी लिदै मन्त्री श्रेष्ठले असार मसान्तमै निर्माण कार्य सम्पन्न गरी प्रगति विवरण पेश गर्ने कार्य गलत भएको तर्क गरे।

'१० वटै जिल्लामा संचालित जलस्रोत तथा उर्जा सम्बन्धिका योजना निर्माणमा हतारले बजेट सक्ने मात्र काम नगरी दिर्घकालिन योजना निर्माणका लागि गुणस्तरमा ध्यान दिन हाेला,' मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिंदै भने, 'अन्य समयमा विभिन्न कारणले योजना निर्माणमा ढिलाई गर्ने र असार मसान्तमा हतारले योजना निर्माण गर्ने कार्यले दिर्घकालिन विकासमा असर पर्छ। त्यसैले तपाईंहरु याेजनाकाे गुणस्तरमा ध्यान दिनु हाेला।'

योजना निर्माणमा कर्मचारीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका सबै योजनाको गुणस्तरमा जोड दिन मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिएका हुन।

'हतारमा काम गरेर असारमै भुत्तानी दिने प्रक्रियाको अन्त्य गर्नुपर्छ। अख्तियारी पाउनुसाथ टेण्डर प्रक्रियामा गएर कर्मचारीले समयमै कार्य सम्पादन गर्नेकुरामा ध्यान दिउँ,'  योजनाको गुणस्तरसँग कुनै पनि सम्झौता नहुने भन्दै मन्त्री श्रेष्ठले भने, 'विकास निर्माण सम्बन्धिका योजनाहरु पनि जनमुखी हुन आवश्यक छ। वितरणमुखी भन्दा उत्पादनमुखी बजेट केन्द्रित गरिनुपर्छ। वित्तय अनुशासभित्र रहे योजना कार्यान्वयन गरौं।'

१० वटै जिल्लामा निर्माणाधिन योजनाको गुणस्तरमा ध्यान दिन दिर्नेशन दिएपछि कर्मचारीहरुले उनकाे सुझावलाई सहज रुपले ग्रहण गरेका थिए।

प्रकाशित मिति: : 2021-06-25 17:09:00

प्रतिकृया दिनुहोस्