मदनकै विचारबाट एमाले निर्देशित

गोरखापत्र

ईश्वर पोखरेल

विक्रम सम्बत् २०३३ सालको अन्त्यतिर म ‘कोअर्डिनेसन केन्द्र्र’ (कोके) को सदस्य थिएँ। हामी त्यसबेला भूमिगत रूपमा काम गरिरहेका थियौँ। आधारभूत वर्गका किसानहरूले दिएका आश्रयमा बस्ने र उनीहरूमै आश्रित भएर काम गरिरहेका थियौँ। जे दिन्थे त्यही खान्थ्यौँ, जहाँ बसाउँथे त्यही बस्थ्यौँ।

त्यसबेला हामी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विषयमा विशेष चासोका साथ अध्ययन गथ्र्यौं। बाहिरबाट मगाएर भए पनि भारतको नक्सलवाडी किसान सङ्घर्ष, चीनको सांस्कृतिक क्रान्ति र अन्य कतिपय समाजवादी मुलुकका बारेमा लेखिएका साहित्य पढ्थ्यौँ। त्यही बेला पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीसम्बद्ध ‘मुक्ति मोर्चा’ का साथीहरूले त्यहाँबाट विद्रोह गरी ‘विद्रोह’ विशेषाङ्क प्रकाशित गर्नुभएको थियो। मैले त्यसमा समावेश भएका क्रान्तिकारीहरूको बारेका लेख रचना निकै महìवका साथ अध्ययन गरेको थिएँ। त्यसै अङ्कमा ‘जीवन शर्मा’ को नामबाट झापाली क्रान्तिकारीहरूको बारेमा लेखिएको एउटा लेख पनि थियो। हामी झापा आन्दोलनबाट प्रभावित थियौँ। झापाली क्रान्तिकारीहरू र झापा आन्दोलनको बारेमा विश्लेषणात्मक र स्तरीय लेख थियो त्यो। मलाई चित्त बुझेपछि त्यसका लेखक जीवन शर्मासँग पनि म प्रभावित भएँ। ‘जीवन शर्मा’ को हो भन्ने चिन्न जान्न मन लाग्यो। मलाई जीवन शर्मा मुक्ति मोर्चा समूहकै कोही होलान् भन्ने लागेको थियो।

अब्बल प्रस्तोता मदन
‘कोअर्डिनेसन केन्द्र’ को तेस्रो सम्मेलन २०३५ साउन ४ देखि ९ गतेसम्म धनुषामा सम्पन्न भएको थियो। चमार जातिका भूमिहीन किसानहरूको बस्तीमा सम्पन्न भएको त्यस सम्मेलनको आयोजक/मूल व्यवस्थापक म थिएँ। सम्मेलनमा २०३३ साल चैत ११ गते नख्खु ‘जेल ब्रेक’ गरेर निस्केका सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा, गोपाल शाक्यसहित ‘मुक्ति मोर्चा’बाट विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’मा समावेश हुनेहरूलाई पनि सहभागी गराउनुपर्र्ने थियो। उहाँहरूलाई कार्यक्रम स्थलसम्म ल्याउने जिम्मेवारी पनि मेरै थियो।

प्रकाशित मिति: : 2021-06-28 08:31:00

प्रतिकृया दिनुहोस्