सोनाक्षी सिन्हा 'वेश्या' बन्दै

Photo : timesnewsup.com
Photo : timesnewsup.com

चलचित्र 'दबङ्ग'बाट चर्चामा आएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला नयाँ चलचित्रको तयारीमा छिन्।

सफल निर्देशक मानिएका संजय लीला भन्सालीले निर्माण गर्न लागेको चलचित्र 'हिरा मन्दी'को लागि सोनाक्षीले तयारी थालेकी हुन्।

यस चलिचत्रलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ। निर्माण समूहले दिएको जानकारी अनुसार चलचित्रमा सोनाक्षी अनुबन्धित भइसकेकी छन्।

चलचित्र सम्झौता गरेर सोनाक्षीले अहिले स्क्रीप पढिरहेको बताइएको छ। स्क्रीप अनुसार सोनाक्षीले चलचित्रमा एक वेश्याको भूमिका निर्वाह गर्दैछिन्।

कोरोना महामारी कम हुनबित्तिकै चलचित्रको छायांकन सुरु गरिने निर्देशक भन्सालीले बताएका छन्। 

प्रकाशित मिति: : 2021-07-08 10:44:00

प्रतिकृया दिनुहोस्