चर्चित नायिका मनिषा काेइरालाले डाेल्पाकाे जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन्।
नायिका काेइरालाले समाजसेवी लक्ष्मीकान्त उपाध्यायमार्फत् पाँच लिटरको अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई सहयोग गरेकी हुन्।
उक्त कन्सन्ट्रेर जिल्ला अस्पतालमा कार्यरत डाक्टर प्रशन्न कार्कीलाई हस्तान्तरण गरिएको समाजसेवी उपाध्यायले बताए।
दुर्गमका नागरिकहरुकाे उपचारमा थाेरै भए पनि सुविधा हाेस् भन्ने हिसाबले नायिका काेइरालाले सहयोग गरेकाे उपाध्यायले बताए।
निशुल्क अक्सिजन कन्सन्ट्रेटर पाएपछि अस्पतालले सहयाेगी दाताप्रति आभार व्यक्त गरेको छ।