संसारभरको सम्पुर्ण ज्ञान लिएर मर्न सकुँँ।
दिन-दुखी बेसाहारालाई दिएर मर्न सकुँँ।।
जन्मदा कोही मुर्ख र विद्वान भएर जन्मदैन।
गुरु जनको अ्मृत वचन पिएर मर्न सकुँ।।
टिष्टा र काँगडा फाटी मेची र काली भए।
टुक्रन खोजेको राष्ट्रलाई सिएर मर्न सकुँ।।
नेपाल आमालाई बचाउन पुग्नु छ सारा संसार।
नेपाल आमाको छातीमा उभिएर मर्न सकुँ।।